नेपाल जलवायु परिबर्तन सहयोग कार्यक्रम नेपाल सरकार, जनसंख्या तथा वातावरण मन्त्रालयले तयार गरेको कार्यक्रम हो / यो कार्यक्रमका लागि बेलायत सरकार र युरोपियन युनियनले आर्थिक सहयोग गरेको छ / सन् २०१३ को जनवरीमा शुरु भएको यो कार्यक्रमले पहिलो चरणको ३ बर्षे कार्यावधि पुरा गरेको छ / कार्यक्रमको दोश्रो चरणको शुरुवात हुनु अगाडी ब्रिजिंग फेज को रुपमा चालु आ व मा साबिक बमोजिम नै कार्यक्रम कार्यान्वन भैरहेको छ / कार्यक्रमलाई सहजिकरण गर्न युएनडिपी ले प्राबिधिक सहयोग उपलब्ध गराएको छ / नेपालको मध्य र सुदुर पश्चिमान्चल विकास क्षेत्र (हाल प्रदेश नम्बर ५, ६ र ७ ) का १४ जिल्लामा यो कार्यक्रमले आफ्नो कार्यक्षेत्र बनाएको छ / रुकुम, रोल्पा, दांग, बर्दिया, दैलेख, कालिकोट, जाजरकोट, जुम्ला, मुगु, डोल्पा, हुम्ला, बाजुरा, अछाम र कैलाली जिल्लामा यो कार्यक्रम कार्यन्वयन भैरहेको छ / नेपाल सरकारको जनसंख्या तथा बातावरण मन्त्रालय यस आयोजनाको मुख्य कार्यकारी निकायको रुपमा रहेको छ भने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसंगको समन्वय र समझदारीमा कार्यक्रम लागू भएका जिल्लाका जिल्ला विकास समितिहरु मार्फत कार्यक्रम कार्यान्वन भैरहेको छ /
जिल्ला विकास समितिको कार्यालय रुकुमले यो कार्यक्रम आ.व.२०७०/७१ मा चौखाबांग, घेत्मा, अर्मा, दुली र पुर्तिमकाडा गाविसमा संचालन गरेकोमा आ.व. २०७१/७२ देखि हालसम्म रुकुमकोट, चुन्बांग र मग्मा ३ गाबिस थप गरि कुल ८ गाविसमा कार्यक्रम संचालन गरेको छ / उक्त ८ गाबिसका पिछडिएका, विपन्न तथा संकटासन्न परिवारहरुको जलवायु परिबर्तन अनुकुलन क्षमता वृद्धि गर्ने उद्देश्यले स्थानीय अनुकुलन कार्ययोजना कार्यन्वयन भैरहेको छ / ग्रामिण क्षेत्रमा बिबेकपूर्ण, समतामुलक तथा दीगो रुपमा जलवायु परिबर्तन संग सम्बन्धित अनुकुलानका कार्यक्रमको माध्यमबाट त्यस क्षेत्रका बासिन्दाहरुको जिबनस्तर तथा बाताबरणीय अबस्थामा सुधार तथा जीविकोपार्जनका लागि अवसरहरुको वृद्धि गर्नका लागि यी उल्लेखित गाविसहरुमा कृषि, पशु तथा खाद्द्य सुरक्षा, वन ब्यबस्थापन तथा जैविक बिबिधता संरक्षण/प्रबर्धन, बैकल्पिक उर्जा, जलवायु जन्य प्रकोप नियन्त्रण तथा भौतिक संरचना, मानबिय श्रोत क्षमता विकास तथा जीविकोपार्जन सुधार, मानब स्वास्थ्य सुधार सम्बन्धि कार्यक्रमहरु संचालन भैरहेको छ /
यो कार्यक्रम बाट गत आ.व. सम्म (आ.व. २०७०/०७१ देखि आ.व.२०७२/७३ सम्म ३ आ.व.मा) रु. १५,२७,८८,००० बिनियोजन भएकोमा रु. १४,४८,०४,४९० खर्च भएको छ / यो आयोजनालाई प्रभाबकारी कार्यन्वयनका लागि जिल्लास्थित बिषयगत कार्यालयहरु जिल्ला कृषि विकास कार्यालय, जिल्ला वन कार्यालय, जिल्ला पशुसेवा कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला भूसंरक्षण कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय लगायतका कार्यालयहरु मार्फत बिषयगत सेवा प्रवाह गरिएको छ / त्यस्तै स्थानीय स्तरमा निर्माण गरिने भौतिक पुर्बधरका योजनाहरु कार्यन्वयनका लागि स्थानीय उपभोक्ताहरुको समुह मार्फत निर्माण गर्ने व्यवस्था गरि कार्यक्रमको दीगोपना तथा प्रभाबकरितालाई जोड दिइएको छ /
नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम (NCCSP), रुकुम अन्तर्गत कार्यरत कर्मचारीको विवरण :
सी नं | नाम थर | पद | कार्यरत गाबिस | सम्पर्क नम्बर | कैफियत |
१ | भक्त बहादुर भण्डारी | जिल्ला जलवायु परिवर्तन संयोजक | ९८५११५१६४४ | ||
२ | सुनिल कुमार चौधरी | जिल्ला जलवायु परिवर्तन अधिकृत | ९८४४०२२६०० | ||
३ | गणेश बहादुर पुन | जिल्ला प्रशासन तथा लेखा सहायक | ९८४७९३६२६९ | ||
४ | सुशिला बिसी पुन | लापा सहजकर्ता | पुर्तिमकाडा | ९७४८५२०४१५ | |
५ | पूर्ण बहादुर केसी | लापा सहजकर्ता | घेत्मा | ९७४८५१९८६६ | |
६ | सिर्जना पुन | लापा सहजकर्ता | दुली | ९७४१११३९६९ | |
७ | बिष्णु कुमार ओली | लापा सहजकर्ता | मग्मा | ९७४८५०३२७९ | |
८ | मन्जित खड्का | लापा सहजकर्ता | अर्मा | ९७४८५३८५१३ | |
९ | सिता रोकाय | लापा सहजकर्ता | चौखाबांग | ९८४४९७६८५७ | |
१० | सिता चन्द थापा | लापा सहजकर्ता | रुकुमकोट | ९७४८५३८६८३ | |
११ | चिजमाया पुन | लापा सहजकर्ता | चुन्बांग | ९८६६९२३९०२ | |
१२ | अमर पाण्डेय | सब इन्जिनियर | ९८६६९०८०२० | ||
१३ | यज्ञ प्रसाद पोखरेल | असिस्टेन्ट सब इन्जिनियर | ९७४८५८२५१७ | ||
१४ | मैमा खड्का | कार्यालय सहयोगी | ९८६६९२३४१२ |
नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम,कार्यालयको सम्पर्क:
खलंगा १, मुसिकोट नगरपालिका, रुकुम
(जिविस गेट अगाडी) /
फोन : ०८८-५३०३०२ /