निर्वाचन क्षेत्र विकास/पूर्वाधार विशेष कार्यक्रम २०७३/७४ बजेट तथा कार्यक्रम करार सेवामा प्राविधिक कर्मचारी भर्ना सम्बन्धी सूचना ! स्थानीय तह पुनर्संरचना प्राविधिक समितिको कार्यशर्त तथा कार्यविधि (परिमार्जन सहित) जिल्ला विकास समितिकाे कार्यालय, रूकुमकाे ९ वौं जिल्ला परिषदको प्रत्यक्ष प्रसारण । कार्यक्रम अधिकृतको लागी लिखित प्रश्नपत्रको ढांचा कार्यक्रम अधिकृत पदको लागी पाठ्यक्रम सम्बन्धि संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्दै जारी भएको नेपालको संबिधान २०७२ पछिको जिल्ला बिकास समिति, रुकुमको पहिलो जिल्ला परिषद्को बैठक यही मिति २०७२ फाल्गुण २८ गते हुन गैराहेको जानकारी गाराऊदछौ | जिल्ला विकास समितिको नयाँ Website मा यहाँ हरुलाई हार्दिक स्वागत छ ….

पदाधिकारी

लुम्बिनी गौतम के.सी. graphic

लुम्बिनी गौतम के.सी.

जिल्ला समन्वय प्रमुख

पढ्नुहोस..

देब बहादुर बि.क. graphic

देब बहादुर बि.क.

जिल्ला समन्वय उप-प्रमुख

पढ्नुहोस..

जित बहादुर ओली graphic

जित बहादुर ओली

निमित्त जिल्ला समन्वय अधिकारी

पढ्नुहोस..

घनश्याम शर्मा graphic

घनश्याम शर्मा

ईन्जिनीयर

पढ्नुहोस..

चन्द्रमा पुन मगर

खरिदार

पढ्नुहोस..

संक्षिप्त परिचय

नेपालको एकात्मक राज्य प्रणाली अन्तर्गतको रुकुम जिल्लालाइ संविधान सभा बाट निर्माण गरिएको संघीयता सहतिको संविधान २०७२ बाट राज्यको गठित नया संघीय संरचना बमोजिम जिल्लालाई पुर्वी रुकुम र पश्चिम रुकुम गरि २ जिल्लामा विभाजन गरेको छ । हाल पुर्वी रुकुम ५ नं. प्रदेश र पश्चिम रुकुम कर्णाली प्रदेशको सबैभन्दा पुर्बी भागमा अबस्थित छ । पश्चिम रुकुममा ६ स्थानीय तह र ७३ वडा रहेको छन । पश्चिम रुकुममा मुसिकोट, चौरजहारी र आठविसकोट नगरपालिका र त्रिवेणी, वाफिकोट र सानीभेरी गाउँपालिका रहेका छन । यस जिल्लामको ऐतिहासिक पृष्ठभूमीमा मध्यकालीन वाइसे राज्यहरू मध्ये रुकुमकोट, मुसिकोट, बाँफिकोट, गोतामकोट र जहारीकोटहरू पर्दथे । रुकुमकोटमा रुक्मीणी नाम गरेकी देवीको मन्दिर छ । उनकै नामबाट रुकुमकोटको नामाकरण भएको र रुक्मीणी देवी शब्दको अप्रभंश भई रुकुम नाम रहन गएको हो भन्ने भनाइ छ । ऐतिहासिक अभिलेखको आधारमा जुम्लाका राजा मेदनी बर्माले आफ्ना माइला भाइ पिताम्बरलाई रुकुमको राज्य दिएका थिए । केही राज्यहरू स–साना नाम मात्रका थिए । ती स–साना रजौटाहरूको अधिनमा थोरै जनसंख्या भएका गाँउ हुन्थे । राज्यको आम्दानी पनि थोरै हुन्थ्यो । उनीहरूलाई आफ्नो अस्तित्व जोगाउन कठिन हुन्थ्यो । शक्तिशाली राज्यहरूको इशारामा चल्नु पर्ने बाध्यात्मक स्थिति र बृहत नेपालको सृजना गर्ने दृढ संकल्पका साथ पृथ्वीनारायण शाहले आफ्नो एकीकरण अभियान पूर्वतिर चलाइराखेका थिए । उनको मृत्यु पछि राजा प्रताप सिंह शाहले बाबुको सपना साकार पार्न कविलासपुरमा हमला गरी विजय प्राप्त गरे । उनको अल्पआयुमै मृत्यु भए पछि राजमाता राज्यलक्ष्मीको लमजुङ्ग, तनहु, नुवाकोट, भिर्कोट, कास्की रिसीङ, घिसिङ माथि विजय प्राप्त गरी राजमाताको देहान्त पछि बहादुर शाहले नायवी भइ काम गरे । बहादुर शाह (रणबहादुर शाहको राज्यकाल) ले पिता पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियान सफल पार्न अघि सरे । पाल्पासँग आफ्नो वैवाहिक सम्बन्ध कायम राखी कुटनैतिक दृष्टिको आधारमा पश्चिम पाल्पा र सल्यानबाट मद्दत लिने योजना बनाए । पश्चिमबाट बहादुर शाहले पाल्पा बाहेक सबै राज्यहरू विजय गरे । सल्यानले नेपाल सरकारलाई सहयोग गरेको देखेर दाङ्ग, जाजरकोट र रुकुम राज्यले आपसमा मिलेर सल्यानमाथि सामूहिक हमला गर्ने मिलोमतो गरे । तर काजी दामोदर पाण्डे, काजी जगत्जङ्ग पाण्डे, सरदार परवल राना र सुब्बा फौदसिंहको नेतृत्वमा नेपाली सैन्यले दाङ माथि विजय गरी सल्यानलाई सुम्पेको देखिन्छ । काजी जिप शाह, सरदार अमरसिह थापा, सरदार पारथ भण्डारी र सुब्बा जोग मल्लले उपल्लो खसीको बाटोगरी जहारीटार पुगि जाजरकोट संग सिढि सन्धि पत्र गरे । यसरी रुकुमकोट लगायत मुसिकोट, बाँफिकोट, जहारीकोट, आठविसकोट, गोतामकोट जस्ता स–साना राज्यहरू रणबहादुर शाहको राज्यकालमा नेपालमा एकीकरण भयो । यसरी एकीकरण भएको रुकुम जिल्ला वि.स. २०१८ सालमा १४ अञ्चल ७५ जिल्लामध्ये मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तरगत राप्ती अञ्चलको उत्तरी भेकमा सुन्दर सिस्ने हिमालको काखमा अवस्थित रुकुम जिल्ला एक दुर्गम जिल्लाको रुपमा चिनिन्छ ।
थप पढ्नुहोस्
Skip to toolbar